उप-प्रध्यापक छोराको मृत्युको पीडा खप्न नसकेर बाबुले गरे आत्महत्या
सोमबार, ३० भदौ २०७६, १५ : १९
बुटवल– पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसका उप-प्रध्यापक कृष्णप्रसाद तिमिल्सिनाको तीन दिनअघि ह्दयघातबाट मृत्यु भएपछि त्यसको पीडा सहन नसकेर उनका ६५ वर्षीय बाबु भिमराज तिमिल्सिनाले सोमबार बिहान आत्महत्या गरेका छन् ।
४० वर्षीय छोरा कृष्णको शनिबार मृत्यु भएको थियो । जिल्लाको रामपुर नगरपालिका वडा नम्वर १० हेक्लाङ्गा निवासी उप–प्रध्यापक तिमिल्सिनाको ह्रदयघात मृत्यु भएपछि विक्षिप्त बनेका उनका बाबुले आज बिहान घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी कृष्णराज सापकोटाले जानकारी दिए ।
उपप्रध्यापक तिमिल्सिना पाल्पाको नर्सिङ्ग कलेज, मिलेनियम कलेजमा समेत अध्यापन गराउँथे भने पाल्पाकै सुर्योदय टेलिभिजनका अध्यक्ष समेत रहेका थिए । बाबु छोराको तीन दिनमै मृत्यु भएपछि आफन्तजन शोकमा डुबेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण