नाफा कमाउन नसकेको भन्दै चिनियाँ जहाज बेच्न निर्देशन
नाफा कमाउन नसकेको भन्दै नेपाल वायु सेवा निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क (एमए) ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुन सक्ने थप घाटा कम गर्न सरकारलाई निर्देशन दिएको हो। दुवै जहाज निगमले ६ वर्षअगाडि भित्र्याएको थियो।
समितिले एमए ६० जहाज छानबिनका क्रममा यसको उडान सञ्चालन निरन्तर घाटामा रहेको तथ्य फेला पारेको थियो। चिनियाँ पक्षले आवश्यक सहयोग नगरेका कारण ती दुई जहाज बेच्नु उपयुक्त हुने निष्कर्षसहितको निर्देशन समितिले दिएको छ।
समितिले १८ सिट क्षमताका वाई १२ ई नामका चारवटा जहाजका सम्बन्धमा भने कूटनीतिक प्रयासबाट समस्या समाधान गराउनू भनेको छ। निर्माता कम्पनीसँग आवश्यक उडानका पार्टपुर्जा समयमा नै उपलब्ध गराउन पहल गर्नेसहितको निर्देशन सरकारलाई दिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजु बास्कोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण