काठमाडौं पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा
काठमाडौं– मुलुकको राजधानी सहर काठमाडौंलाई पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति, काठमाडौंले मंगलबार एक कार्यक्रमको आयोजना गरी काठमाडौंलाई पनि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । ‘स्मार्ट सिटी’ बनाउने चर्चा कमाएको काठमाडौंलाई ढिला गरी खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्नुलाई लज्जाबोधको रुपमा हेरिएको छ ।
काठमाडौं उपत्यकाभित्र रहेको भक्तपुरलाई २०७० साल कार्तिकमा र ललितपुरलाई २०७५ साल जेठमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्कीलाई घोषणा गरिएको थियो ।
यही असोज १३ गते सरकारले नेपाललाई नै खुल्ला दिसामुक्त देश घोषणा गर्ने तयारी गरेको छ । सरकारले सबै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न शौचालय निर्माणका लागि मात्रै ७ खर्ब १५ अर्ब २३ करोड बजेट खर्च भइसकेको पनि सार्वजनिक गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण