काठमाडौं पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा
काठमाडौं– मुलुकको राजधानी सहर काठमाडौंलाई पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति, काठमाडौंले मंगलबार एक कार्यक्रमको आयोजना गरी काठमाडौंलाई पनि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । ‘स्मार्ट सिटी’ बनाउने चर्चा कमाएको काठमाडौंलाई ढिला गरी खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्नुलाई लज्जाबोधको रुपमा हेरिएको छ ।
काठमाडौं उपत्यकाभित्र रहेको भक्तपुरलाई २०७० साल कार्तिकमा र ललितपुरलाई २०७५ साल जेठमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्कीलाई घोषणा गरिएको थियो ।
यही असोज १३ गते सरकारले नेपाललाई नै खुल्ला दिसामुक्त देश घोषणा गर्ने तयारी गरेको छ । सरकारले सबै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न शौचालय निर्माणका लागि मात्रै ७ खर्ब १५ अर्ब २३ करोड बजेट खर्च भइसकेको पनि सार्वजनिक गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई