भिड्दैछन् दुई सुपरस्टार्स, ऋतिक रोशन भएको यो फिल्ममा प्रभासको एन्ट्री
पछिल्लो दिनमा बक्स अफिसमा ‘साहो’ मार्फत् प्रभासको जलवा छाएको छ भने चाँडै नै ‘वार’ मार्फत् ऋतिक रोशन प्रशंसकको जोश बढाउनका लागि तयार छन् । ‘बाहुबली’ प्रभास र इन्डियन सुपरहिरो ‘कृष’ ऋतिक रोशनका प्रशंसक उनीहरुको हरेक फिल्म व्यग्रताका साथ प्रतिक्षा गर्ने गर्छन् । यी दुईका प्रशंसकका लागि सुखद खबर सार्वजनिक भएको छ ।
हो, चाँडै नै यी दुई सुपरस्टार्स स्क्रिनमा भिड्ने तयारी गरिरहेका छन् । बलिउड लाइफको खबर अनुसार ‘छिछोरे’ का निर्देशक नितेश तिवारी यी दुई एक्सन स्टार्सलाई सँगै स्क्रिनमा देखाउने तयारी गरिरहेका छन् । ऋतिक रोशन र दीपिका पादुकोणको नयाँ फिल्म ‘रामायण’ मा प्रभासको एन्ट्री पनि भएको छ ।
रावण बन्नेछन् प्रभासः
यो बिग बजेट फिल्ममा भगवान रामको भूमिकामा ऋतिक रोशन र माता सीताको भूमिकामा दीपिका पादुकोण देखिनेछन् । यस्तै अब ‘रावण’ को भूमिकाका लागि प्रभासले ग्रीन सिग्नल दिएका छन् ।
स्मरण रहोस्, ऋतिक रोशन हालै फिल्म ‘सुपर ३०’ मा देखिएका थिए । यस्तै, अब अक्टोबर २ मा उनको फिल्म ‘वार’ रिलिज हुँदैछ । यस्तै, प्रभासको बिग बजेट ‘साहो’ ले पनि दमदार कमाई गरेको छ । दीपिका पादुकोण पनि आफ्नो आगामी फिल्म ‘८३’ र ‘छपाक’ को सुटिङ पुरा गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण