जनप्रतिनिधिको विदेश जाने ताँतीः कामभन्दा पनि विदेश भ्रमणको मोह
जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्मको अवधिमा ९९ पटक विदेश भ्रमण भएको छ । यसक्रममा २ सय ९९ जना भ्रमणमा गएका छन् । यीबाहेक भ्रमण स्वीकृत नै नगरी गएकाको तथ्यांक भने मन्त्रालयसँग छैन ।
मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय कानुन उल्लंघन गर्दै सरकारलाई जानकारी नै नदिई जानेको संख्या बढ्दो छ ।
जनप्रतिनिधिहरूको भ्रमणको रोजाइमा चीन, अमेरिका, जापान, दक्षिण कोरिया, भारत, इन्डिोनेसियालगायतका मुलुक पर्ने गरेका छन् । मन्त्रालयको तथ्यांकअनुसार बढी भ्रमण गर्ने पहिलो मुलुक चीन बनेको छ ।
मन्त्रालयको तथ्यांक चीनमा २१ पटक, अमेरिकामा १७ पटक, जापानमा नौपटक, दक्षिण कोरिया आठ र भारतको सातपटक भ्रमण गरिएको छ ।
त्यसका साथै डेनमार्क, स्विजरल्यान्ड, मंगोलिया, फिलिपिन्स, बेलायत, बंगलादेश, अस्टे«लिया, थाइल्यान्ड, स्पेन, रसिया, फिनल्यान्ड, जर्मनी, सिंगापुर, ट्युनिसिया, भियतनाम, बंगलादेशलगायतका मुलुक रहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण