अस्ट्रेलियामा नेपाली लोकनृत्य प्रतियोगिता आयोजना

सीता रसाइली
सिड्नी । नेप्लिज एसोसिएसन अफ् कुइन्सलाण्डको आयोजनामा नेपाली लोकनृत्व प्रतियोगिता आयोजना हुन लागेको छ ।
नेपाली राजदूतावास क्यानबेराको सहयोग र गैरआवासीय नेपाली संघ, अस्ट्रेलियाको संयोजनमा आगामी सेप्टेम्बर २८ र २९ तारिखका दिन ब्रिस्बेनस्थित क्यूयुटी गार्डेन थिएटरमा ‘हाम्रो संस्कृति हाम्रो पहिचान, गरौँ प्रवर्द्धन, सम्वर्द्धन अनि सम्मान’ को नारा सहित अस्ट्रेलियाव्यापी प्रतियोगिता हुन लागेको हो ।
अस्ट्रेलियाको तास्मेनिया राज्य बाहेक अन्य सबै राज्य र न्युजल्याण्ड समेतको सहभागीयता रहेको उक्त्त नृत्य प्रतियोगितामा नेपालका विभिन्न जातजाति, भेषभूषा, भाषा, साहित्य, कला र लोक संस्कृति झल्काउने लोकनृत्यहरु प्रस्तुत हुने आयोजकले जनाएको छ ।
टाइटल स्पोन्सर एक्सपर्ट एजेकेशन एण्ड भिजा सर्भिस रहेको उक्त्त प्रतियोगितामा एकल, युगल र समूह गरी जम्मा ३ प्रकारका नृत्यहरुको प्रस्तुति रहने छ । प्रतियोगितामा १७ वटा एकल, ९ जोडी र १० समूह नृत्यहरु छनौटमा परि प्रतिस्पर्धाका लागि तयारी भइरहेको छ ।
आयोजकका अनुसार आ–आफ्नो नृत्य प्रस्तुत गर्ने क्रममा प्रतियोगीले आफूले प्रस्तुत गर्ने नृत्य र सोसँग सम्बन्धित साँस्कृतिक महत्वको बारेमा बढीमा २ मिनेटको जानकारी प्रदान गर्नु पर्ने छ भने उक्त प्रस्तुति मूल्यांकनमा समावेश गरिने छ । प्रतियोगिता पहिलो र दोश्रो गरी दुई चरणको हुने छ भने उत्कृष्टताको आधारमा छनौटमा पर्ने प्रत्येक समूहबाट पाँच वटा नृत्य दोश्रो चरण अर्थात फाइनल राउन्डमा जाने छन् ।
एकल नृत्यमा प्रथम हुनेले ८००, दृतीय हुनेले ५०० तथा तृतीय हुनेले ३०० डलर पुरस्कार पाउनेछन् भने युगल नृत्यमा प्रथम हुनेले १२००, दृतीय हुनेले ७०० तथा तृतीय हुनेले ४०० रडलर पुरस्कार पाउनेछन् ।
यस्तै समूह नृत्यमा प्रथम हुनेले १६००, दृतीय हुनेले ९०० तथा तृतीय हुनेले ५०० डलर नगद पुरस्कार पाउनेछन् ।
आयोजक कमिटीका संयोजक डा केशब शर्माले आफूहरुले कलाकारहरुलाई मौलिक नृत्य प्रस्तुत गर्न प्रोत्साहित गरेको भन्दै यसखालको प्रतियोगिताले नयाँ पुस्तालाई नेपाली लोक संस्कृतिबारे जानकारी पाउने अवसर मिल्ने बताए ।
प्रतियोगितामा कोरियोग्राफर, कथक डान्सर तथा कला प्रशिक्षक सुबिमा श्रेष्ठ मुख्य जजको रुपमा रहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता