चालू आर्थिक वर्षमा ५ अर्ब ९६ करोड ८३ लाख आम्दानी गर्ने प्राधिकरणको प्रक्षेपण
काठमाडौं– नेपाल नागरिक उडड्यन प्राधिकरणले चालू आर्थिक वर्षमा ५ अर्ब ९६ करोड ८३ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको बिहिबार काठमाडौंमा बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको नीति, बजेट तथा कार्यक्रममा चालू आर्थिक वर्षमा ५ अर्ब ९६ करोड ८३ लाख आम्दानी गर्ने प्रक्षेपण गरिएको हो ।
कूल ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार कूल बजेट रहेकोमा एरोनोटिकतर्फ ५ अर्ब ८३ करोड १९ लाख रुपैयाँ र नन एरोनोटिकतर्फ २ अर्ब ४९ करोड ९४ लाख आम्दानी गर्ने लक्ष्य लिइएको पनि प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । प्राधिकरणले ६ अर्ब ३९ करोड रुपैयाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार तथा विकासका लागि विनियोजन गरेको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय विमानस्थलहरुको विकासका लागि करिव २२ अर्ब ७३ करोड बजेट विनियोजन गरिएको पनि महानिर्देशक पोखरेलले बताए । प्राधिकरणले गत आर्थिक वर्षमा अपेक्षाकृत बढि आम्दानी भएको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण