संविधान दिवसको अवसरमा ग्लोबल आइएमई बैंकले गर्यो वृक्षारोपण
काठमाडौं– ग्लोबल आइएमई बैंकले संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौंको पानीपोखरी देखि महाराजगंजसम्मको सडक पेटिका विभिन्न स्थानमा करिब २०० रुखका विरुवा रोपेको छ ।
कार्यक्रममा का.म.न.पा. वडा नं. ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, सहायक महाप्रबन्धकहरु सुरेन्द्र रेग्मी र आरती राज्यलक्ष्मी राणालगायत पदाधिकारी, बैंकका अन्य कर्मचारी र स्थानीयवासीको सहभागिता रहेको थियो ।
साथै बैंकले संविधान दिवसकै अवसरमा आयोजित र्यालीमा पनि सहभागिता जनाएको छ । र्याली बैंकको कर्पोेरेट कार्यालय देखि सुरु भई टुँडिखेलमा नेपाल सरकारद्वारा आयोजित भव्य कार्यक्रममा पुगेर विर्सजन भएको थियो । यससगैं बैंकका मुख्य शाखाहरुमा दीपावली पनि गरिएको छ ।
यसका साथै बैंकका उपत्यका बाहिर रहेका शाखाहरुले पनि संविधान दिवसको अवसरमा वृक्षारोपण, वित्तीय साक्षारता तथा दीपावलीका कार्यक्रमहरु आयोजना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण