बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित ११ जना पक्राउ
काठमाडौँ– बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाँच करोड रुपैयाँ ऋण दुरुपयोग गरेको उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई शुक्रबार राति छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको सीआईवीले जनाएको छ ।
लुम्बिनी बैंक मर्ज हुनुअघि नै ऋण दूरुपयोग भएको हो । पुर्ख्यौली घर हेटौंडा भएका पूर्व सीईओ श्रेष्ठले झापाको जग्गा धितो राखेर बैंकबाट ऋण चलाएका थिए ।
उनले ऋण लिँदा बैंकमा बुझाएको सबै कागजपत्र नक्कली भएको पुष्टि भएको छ । सुरेन्द्रले ऋण तिर्न छाडेपछि बैंकले सम्पति लिलामी गरेर उठाउन खोजेको थियो । उनले राखेको धितो बैंकले खोज्दै जाँदा खोलाको बगर भेटिएको थियो ।
श्रेष्ठले राखेको कागजपत्र सबै नक्कली भएको पुष्टि भएपछि बैंकले ’किर्ते’ कागजपत्र बनाएको भन्दै प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरेको थियो । पक्राउ पर्नेमा बैंकका बहालवाला केही कर्मचारी समेत रहेका छन् भने केही पुर्व कर्मचारीहरु छन् ।
पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी लगायत रहेको सीआईबीका प्रमुख डिआईजी निरजबहादुर शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीले भन्यो– पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य
-
सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई
-
थुनामा रहेका टोपबहादुरसहितका प्रतिवादीले बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउँछन् ?
-
मिटरब्याज पीडितको आँसु पुछ्न सरकारसँग सांसद अधिकारीको माग
-
तीन आयोगका प्रतिवेदन प्रतिनिधि सभामा पेस
-
श्रेणीविहीन कर्मचारी हटाउने सरकारको निर्णयप्रति आजपाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण