ओलीले रविन्द्र अधिकारीको मृत्युपछि पर्यटन मन्त्रालयबाट किन बाँडे २६ करोड ?
प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६ करोड ३५ लाख रुपैयाँ बाँडेका छन् । मन्त्रालयअन्तर्गतको संस्कृति, प्रवद्र्धन कार्यक्रम शीर्षकमा प्रधानमन्त्रीले यसरी रकम वितरण गरेका हुन् ।
तत्कालीन मन्त्री रवीन्द्र अधिकारी अधिकारीको फागुन दोस्रो साता निधन भएसँगै प्रधानमन्त्री ओलीले यस मन्त्रालय सम्हालेका थिए । मन्त्रालयमा राज्यमन्त्री रहे पनि उनलाई अधिकार प्रत्यायोजन गरिएको थिएन ।
गत साउन १५ मा योगेश भट्टराई मन्त्री भएसँगै मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले छाडेका थिए ।
प्रधानमन्त्री ओलीको अग्रसरतमा ५२ संस्था र प्रतिष्ठानलाई २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको हो । विभिन्न राजनेता, पार्टीका नेताको नाममा खुलेका तथा साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई यो रकम वितरण गरिएको छ । काठमाडौं उपत्यकाका २९, झापाका २, बागलुङका ३, कास्कीका २, मोरङका १, कञ्चनपुरका २ लगायतका प्रतिष्ठानलाई यसरी रकम बाँडिएको थियो । यो समाचार आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण