विदेशमा श्रम स्वीकृति लिदा अनलाइनबाटै बिमा शुल्क बुझाउन सकिने
सोमबार, ०६ असोज २०७६, १२ : ५६
बिमा समितिले विदेशबाट श्रमस्वीकृति लिएर काम गर्न चाहने नेपाली नागरिकलाई अनलाइनबाटै बिमा शुल्क तिर्ने व्यवस्था मिलाउन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
समितिले नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई यस्तो निर्देशन दिएको हो ।
वैदेशिक रोजगार विभागको असार ४ गतेको पत्रअनुसार विदेशमा रहेका कामदारहरुले सम्बन्धित मुलुक हेर्ने कुटनीतिक नियोगबाट बढीमा दुइपटक श्रम स्वीकृति लिन सक्ने व्यवस्था छ ।
विदेशबाट श्रमस्वीकृति लिदा बिमा बापतको कुझाउनु पर्ने रकम अनलाइनमार्फत बुझाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण