कक्षा ११ को नतिजा प्रकाशित

कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार नतिजा प्रकाशित गरेको हो ।
कक्षा ११ को परीक्षा गत वैशाख/जेठ महिनामा भएको थियो ।परीक्षामा देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।
यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।
कसको कति जिपिए ?
नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २ हजार ३१९, ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ७७२, २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ३२ हजार २५३, २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५४ हजार ८१६, २.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८४ हजार २३९, १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ६५०, १.२१ देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४३ हजार ३७, ०.८१ देखि १.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार १७१ र ० देखि ०.८१ जीपीए ल्याउने विद्यार्थीको संख्या २१ हजार ३४६ जना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर