‘लाल कप्तान’को ट्रेलर रिलिज : सैफ अली खान देखिए खतरनाक अवतारमा
मुम्बई –अभिनेता सैफ अली खान अभिनित फिल्म ‘लाल कप्तान’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा सैफ नागा साधु अवतारमा देखिएका छन् । जुन अवतारमा सैफ पहिलो पटक देखिएका हुन् ।
१ मिनेट २२ सेकेन्डको ट्रेलरमा सैफ निकै खतरनाक र निर्दही देखिएका छन् । ट्रेलरमा अभिनेत्री सोनाक्षी सिंहाको आवाज पनि सुन्न सकिन्छ ।
ट्रेलरको सुरुवात एक दमदार डाइलगबाट गरिएको छ । ट्रेलरमा सैफले बोलेका छन् ‘मानिसको जन्म हुने बितिकै काल आफ्नो भैसीमा चढेर उनलाई लिन हिड्छ । मानिसको जिन्दगी त्यति हुन्छ । जति समय त्यो भैसी उसँग आउन समय लाग्छ ।’ फिल्ममा सैफले भुत बनेर मानिसलाई डराउने छन् ।
फिल्मको कहानी १७८० दशको राजस्थानको पृष्ठभुमिमा आधारित रहेको छ । फिल्ममा सैफले एक असफल नागा साँधुको भुमिका निर्बाह गरेका छन् । जो बदलिन चाहन्छ ।
फिल्ममा सैफको अलवा जोया हुसेन, दीपक डोबरियाल, मानव विज जस्ता स्टारको समेत अभिनय रहेको छ । फिल्मको निर्देशक नवदीप सिंह हुन् । १८ अक्टोबर रिलिज मिति तोकिएको फिल्म आनन्द एल रोय र इरोज नाउले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण