चीन र फ्रान्सबीच रणनीतिक साझेदारी गर्ने सहमति
न्यूयोर्क– चीनका विदेशमन्त्री वाङ यीले अन्तर्राष्ट्रिय मामिलामा फ्रान्ससँग रणनीतिक साझेदारी गर्न चीन इच्छुक रहेको बताएका छन् ।
राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा फ्रान्सेली विदेशमन्त्री जाँ–येभ्स ली ड्रायनसँगकोब भेटघाट पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री वाङ यीले बदलिँदो विश्व परिवेशमा विश्व शान्ति र स्थायित्वका लागि मिलेर काम गर्नुको विकल्प नरहेको बताए । चीन र फ्रान्सका विदेशमन्त्रीहरु हाल संयुक्तराष्ट्र संघ महासभाको ७४औं बैठकमा सहभागी हुन हाल न्यूयोर्कमा रहेका छन् ।
चिनियाँ विदेशमन्त्री यीले संयुक्तराष्ट्र सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रका रुपमा रहेका चीन र फ्रान्सले विश्व बहुलवाद र खुला विश्व अर्थतन्त्र निर्माणमा मिलेर कार्य गर्नुपर्नेमा जोड दिए । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले गत मार्चमा गर्नुभएको फ्रान्सको औपचारिक भ्रमणले द्वीपक्षीय सम्बन्ध निर्माणमा नयाँ अध्याय प्रारम्भ गरेको बताए ।
सो अवसरमा फ्रान्सेली विदेशमन्त्री ली ड्रायनले दुबै मुलुकका राष्ट्राध्यक्षबीच उच्चस्तरको आपसी विश्वास रहेको बताउँदै दुबै देशले बदलिँदो विश्व परिवेशमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने खाँचो रहेको बताए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण