घटस्थापनादेखि दशचक्के सवारीलाई काठमाडौं प्रवेश गर्न नदिइने
शुक्रबार, १० असोज २०७६, १४ : ५३
काठमाडौं– घटस्थापना (आइतबार)देखि काठमाडौंमा १० चक्के सवारीलाई काठमाडौं प्रवेश गर्न नदिने भएको छ । दशैमा हुने सवारीजाम कम गर्न ठुला सवारीलाई प्रवेश निषेध गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले रातोपाटीलाई जानकारी दिए ।
यद्यपि, अत्यावश्यक सामान बोक्ने ठुला सवारीलाई भने प्रवेश गर्न दिइने बताइएको छ । असोज १९ गतेसम्म १० चक्के लगायत ठुला सवारी प्रवेश निषेध गरिएको छ । हमालले भने, ‘अहिले दशैंका लागि उपत्यका बाहिरिने सवारीको चाप बढेको छ । यसले ट्राफिक व्यवस्थामा समस्या परेको छ । आमसर्वसाधारणको सहजताका लागि तत्कालका लागि ठुला सवारी काठमाडौ छिर्न नदिने निर्णय गरेका हौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण