शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

घटस्थापनादेखि दशचक्के सवारीलाई काठमाडौं प्रवेश गर्न नदिइने

शुक्रबार, १० असोज २०७६, १४ : ५३
शुक्रबार, १० असोज २०७६

काठमाडौं– घटस्थापना (आइतबार)देखि काठमाडौंमा १० चक्के सवारीलाई काठमाडौं प्रवेश गर्न नदिने भएको छ । दशैमा हुने सवारीजाम कम गर्न ठुला सवारीलाई प्रवेश निषेध गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले रातोपाटीलाई जानकारी दिए । 

यद्यपि, अत्यावश्यक सामान बोक्ने ठुला सवारीलाई भने प्रवेश गर्न दिइने बताइएको छ । असोज १९ गतेसम्म १० चक्के लगायत ठुला सवारी प्रवेश निषेध गरिएको छ । हमालले भने, ‘अहिले दशैंका लागि उपत्यका बाहिरिने सवारीको चाप बढेको छ । यसले ट्राफिक व्यवस्थामा समस्या परेको छ । आमसर्वसाधारणको सहजताका लागि तत्कालका लागि ठुला सवारी काठमाडौ छिर्न नदिने निर्णय गरेका हौ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप