फेसबुकका पोष्टमा हुने ‘लाइक’ अब नदेखिने, अष्ट्रेलियामा परीक्षण सुरु
एजेन्सी । फेसबुकमा कुनै फोटो वा भिडियो पोस्ट गरेपछि हामीलाई त्यसमा आउने लाइकको आसा हुने गर्छ । सुरुदेखि नै लाइक बटन फेसबुकको पहिचानगत विशेषता रहँदै आएको थियो ।
अब आएर फेसबुकले यो फिचरलाई बन्द गर्न लागेको छ । यो परिवर्तनपछि तपाईका साथीले तपाईको पोस्टमा आएका लाइक अथवा लब रियाक्सनको संख्या देख्न सक्दैनन् ।
तर प्रयोगकर्ता स्वमयले भने आफ्नो पोस्टको लाइकको संख्या देख्न सक्नेछन् । फेसबुकले अहिले यो परिवर्तनलाई अष्ट्रेलियाका फेसबुक प्रयोगकर्ताहरुमा परिक्षण गरिरहेको छ ।
फेसबुकको भनाईमा यसले मानिसमा पोस्ट गर्नुअघि दबाब हुने छैन । कम्पनीले यसबारे प्रष्ट्याउँदै भनेको छ ,‘हामी फेसबुकलाई लाइकको प्रतिस्पर्धा हुने स्थान चाहदैनौं । नयाँ विशेषता प्रयोगकर्ताका लागि कति सुविधाजनक छ भनेर परिक्षण गरिदैंछ । यसको आधारमा संसारभरी यो फिचर लागू गर्ने निर्णय गरिनेछ ।’
फेसबुक इन्कको स्वामित्वमा रहेको इन्स्टाग्राममा पहिलेनै यो फिचरको घोषणा गरिएको थियो । इन्स्टाग्रामको पहिलो परिक्षण भने क्यानडामा गरिएको थियो ।
अहिले आइरल्याण्ड, जापान, ब्राजिल, अष्ट्रेलिया र न्युजील्याण्डमा यसको परिक्षण विस्तार गरिएको छ । नयाँ परिवर्तनपछि इन्स्टाग्रामका प्रयोगकर्ता आफ्नो पोष्टमा आएको लाइकको संख्या अरुले देख्न नसक्ने बनाउन सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण