हनुमानढोकास्थित दशैंघरमा राखियो जमरा, ७ तस्बिरमा हेर्नुहोस्
आइतबार, १२ असोज २०७६, ११ : २८
काठमाडौं– नेपालीहरुको महान चाड बडादशैंको पहिलो दिन आइतबार घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ ।
घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोकामा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखिएको छ ।
बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा दशैंघरमा बैदिक पूजापाठसहित जमरा राखिएको हो ।
प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदा देखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्दछ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ।
विजयादशमीको टीका यो वर्ष असोज २१ गते परेको छ । टीकाको शुभसाइत १० बजेर ३५ मिनेटमा परेको नेपाल पन्चाङ्ग निर्णायक समितिले जनाएको छ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण