चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम
चितवन । चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न विद्यार्थी तथा अभिभावकले २४ घन्टे अल्टिमेटम दिएका छन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा कलेजले एक महिनाभित्र विद्यार्थीहरुलाई बढी लिइएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो।
रकम फिर्ताका लागि असोज १० गते सम्म फिर्ता रकम सम्बन्धि प्रतिवेदन तयार पार्ने र बढी लिएको रकमको भरपाई दिने सहमति भएको थियो । तर तोकिएको म्याद सकिएपनि ती दुबै कुरा गर्न कलेज प्रशासन तयार नभएपछि विद्यार्थी र अभिभावक पुनः आन्दोलित भएका हुन् ।
प्रशासन कार्यालयमा भएको सहमति कार्यान्वयन गर्न तर्फ कलेजले कुनै प्रयास नगरी आलटाल गर्न थालेपछि आफूहरुले बाध्य भएर २४ घण्टे अल्टिमेटम दिएको चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले जानकारी दिए ।
यस अघि चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसहित बसेको सर्वपक्षीय बैठकले १० गतेसम्म विद्यार्थीहरुलाई कलेजले लिएको शुल्कको भर्पाइ दिने र रकम फिर्ता गर्न पूर्ण प्रतिवेदन बनाउने सहमति भएको थियो ।
सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने विद्यार्थीहरुले बताएका छन् ।
चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द र अभिभावक संघर्ष समितिका संयोजक निर्मला कँलद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस अगाडि भएको सम्झौता अनुरुप प्रतिवेदन तयारीका सम्पूर्ण बाँकी काम पूरा गर्न चितवन मेडिकल कलेजलाई २४ घण्टाको अल्टिमेटम दिइएको छ । बढी रकम फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने पनि विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण