बाँकेमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु
आइतबार, १२ असोज २०७६, २२ : ३१
बाँके- बाँकेको खजुरा गाउँपालिका–३ मा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी खजुरा गाउँपालिका–४ निवासी २४ वर्षीय कमल थापाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
उनका अनुसार प्रदेश–३–२–००–११८५ नं को मोटरसाइकल सडकको छेउमा रहेको विद्युत्को पोलमा ठोक्किँएर दुर्घटना भएको थियो । थापा उक्त मोटरसाइकलमा सवार रहेका थिए । घाइते मोटरसाइकल चालक खजुरा गाउँपालिका–४का २३ वर्षीय आशिष थापाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण