थाइल्याण्डमा विद्यार्थी बोकेको ट्रक पल्टिँदा १३ को मृत्यु
थाइल्यान्ड- थाइल्याण्डमा एउटा ‘पिक–अप ट्रक’ ले सडकको मार्ग परिवर्तन गर्ने क्रममा उक्त ट्रकमा यात्रा गरिरहेका अधिकांश विद्यार्थीसहित कम्तीमा १३ जनाको राजधानी बैंककमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सीसीटीभीमा रेकर्ड भएको दृष्यमा ट्रकले नियन्त्रण गुमाएर लड्ने क्रममा ट्रकको पछाडिको भागबाट केही व्यक्ति सडकमा पछारिन पुगेका देखाइएको छ । प्रहरी अधिकृत सामरान चाइताओले एएफपीलाई बताए, “आइतबार भएको सडक दुर्घटनामा १२ जनाको घटनास्थलमा र एकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।”
मृतकमध्ये नौ जना कलेजस्तरका विद्यार्थी रहेका र उनीहरूले स्थानीय एक कम्पनीमा प्राविधिक तालीम लिएर घर फर्कँदै रहेको बुझिएको छ । दुर्घटनामा घाइते भएका अन्य पाँचमध्ये दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको सामरानले बताए ।
विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कअनुसार थाइल्याण्डमा हरेक एक लाख व्यक्तिमध्ये ३२ जनाको सडक दुर्घटनाका कारण मृत्यु हुने गरेको छ । यो अमेरिकाको तुलनामा दोब्बरभन्दा बढी हो । Photo: thefirstnewspaper.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा शनिबारदेखि अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी
-
रविको ‘आदेश’मा लुकाइयो साढे ४४ लाखमा तयार सुन आयोगको प्रतिवेदन
-
आईपीएलको लिग चरणपछि इङ्ल्यान्डका खेलाडी स्वदेश फर्कने
-
कर्णालीमा नागरिक समाज र संघ-संस्थालाई सहज रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न माग
-
फोनपेद्वारा नेपालमा यूपीआईमार्फत संचालित सेवाहरूको प्रदर्शनी
-
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्मा पेस गर्दैछौँ : मन्त्री शर्मा