गृहमन्त्रीको निर्देशनसँगै नौविसे–नागढुङ्गा जाम हट्यो, अहिले अवस्था सामान्य
सोमबार, १३ असोज २०७६, ०९ : २६
नौविसे–नागढुङ्गा सडकखण्डको अवस्था अहिले सामान्य रहेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय धादिङले जारी गरेको सूचना अनुसार सवारी साधनको गति सामान्य रहेको र जाम हटेको छ ।
केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भएका थिए । २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भएका थिए ।
अस्तव्यस्त भएपछि गृहमन्त्री रामबहादुर थापाले जाम हटाउन प्रहरीलाई निर्देशन नै दिनुप¥यो । त्यो देख्दा यसपालिको दशैँ सास्तीमै बित्ने त होइन भन्ने आशङ्का भइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै नागरिकलाई आश्वस्त समेत पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण