जिम्बावेसँग हार्यो नेपाल
काठमाडौं-सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत मंगलबार भएको खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको छ । योसँगै नेपाल जिम्बावेसँग दोस्रो पटक पराजित भएको छ । सिरिज अन्तर्गत नै नेपाल शुक्रबार जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो । जिम्बावेले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २० रनमा समेटिएको थियो ।
नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । आरिफ शेखले २५ रन, करण केसीले १८, कप्तान पारस खड्काले १२ रन बनाए । जिम्बावेका सेन विलियम्सले तीन र टिनोटेन्डा मुटोम्बोड्जीले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको जिम्बावेका लागि मध्यक्रमका ब्याट्सम्यान तथा कप्तान सेन विलियम्सले उकासेका थिए । विलियम्सले ५३ रन बनाए ।
रयान बर्लले अविजित २८, पिटर मुरले २१ र तिनोटेन्डा मुतोम्बोडजीले २० रन बनाए । नेपालका सन्दीप लामिछाने र सोमपाल कामील दुई दुई विकेट लिए । कप्तान पारस खड्का र अभिनाश बोहोराले एक एक विकेट लिए । नेपालले दोस्रो खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको थियो । नेपालले अव अन्तिम खेल बुधबार सिंगापुरसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण