चाडबाडमा मदिराको बिक्री ह्वात्तै बढ्यो : ३ हजार देखि ६ लाखसम्मका रक्सीको माग
गरिब होस् वा धनी, दुबै वर्ग मदिराको नसामा झुम्ने प्रवृत्ति बढेसँगै नेपाली समाजमा मदिराको उपभोग बढ्दो छ । चाडबाडमा त झन् मदिराको बढी प्रयोग हुने मौसम हो । मदिरा बिनाको भोजभत्तेर बारे त आजकाल सायदैले सोच्छन् । दुध पसलमा वा चिया पसलमा कम भीड होला तर चाडबाडको बेला मदिरा पसलमा ग्राहकको भीड कम हुँदैन ।
दसैँ लागिसकेको छ । मदिरा पसलहरुलाई बिक्री गर्न भ्याइ–नभ्याइ छ । हात्तिसारमा रहेको केटीएम सप्लायर्समा पुग्दा ग्राहकको उल्लेख्य भीड थियो । सप्लायर्सका सञ्चालक रामशरण अधिकारी यो सिजन अत्यधिक व्यवसाय हुने सिजन रहेको बताउँछन् ।
उसो त सोह्र श्राद्ध भर्खर सकिएकाले कति व्यापार हुन्छ भन्ने हेर्न बाँकी नै रहेको रेष्टुरेन्ट एण्ड बार एसोशियसनका निवर्तमान अध्यक्ष प्रमोद जयसवाल बताउँछन् । यद्यपि, अहिले नै आँकलन गर्ने हो भने गत वर्षको तुलनाका २० प्रतिशतले व्यापारमा मन्दी आएको जयसवाल भन्छन् । अधिकारी दसैँका बेला महँगो खालका रक्सीहरु बढी बिक्री हुने गरेको बताउँछन् ।

उनका अनुसार यसबेला प्रिमियम रेन्जका मदिरा बढी बिक्री हुन्छन् । कर्पोरेट कम्पनीहरुले बाँड्नका लागि यस्ता खालका रक्सीहरु लैजाने गरेका छन् । चिभास रिगल, ब्ल्याक लेभल, ज्याक ड्यानियल्स, रोयल सेरोट, ब्लु लेभल आदि बढी बिक्री हुने मदिरामा पर्दछन् । केटीएम सप्लायर्ससँग भएको मध्ये महँगो रक्सी भनेको रोयल स्यालुटको ६२ ग्रन स्यालुट हो जसको मूल्य ३ लाख ८६ हजार रुपैयाँ पर्छ । यतिबेला ६ लाख सम्मका रक्सी नेपाल भित्रिएको अधिकारी बताउँछन् । गत वर्ष यो रक्सी दुई वटा बिकेको थियो । केटीएम सप्लायर्समा यतिखेर १ करोड रुपैयाँ भन्दा बढीको बिक्री हुन्छ ।
यता ग्रिन लाइन लिक्वरमा ६ लाख सम्मका रक्सी पाइन्छन् । लिक्वरका बिक्री प्रवन्धक भुषण थापा चाडबाडमा बढी मिडियम रेन्जका रक्सीहरु बिक्री हुने गरेको बताउँछन् । किङ रबर्ट, ब्ल्याक लेभल, ग्रीन लेभल, रेड लेभल बढी बिक्री हुने गरेको थापाको भनाई छ । ग्रिन लाइनमा भएका मदिरा मध्ये तेन्जाकु ह्विस्कीको माग धेरै रहेको छ । यो जापानीज ब्राण्डको हो । जसको मूल्य प्रतिलिटर ७ हजार रुपैयाँ पर्छ ।
उसो त स्वदेशी मदिराको पनि व्यापार राम्रै हुन्छ । यसमा सिग्नेचर, ओल्ड दरबारको माग पनि बढी हुन्छ ।
केटीएम सप्लायर्समा भएका महङ्गा मदिरा

केटीएम सप्लायर्सका मध्यम रेञ्जका रक्सी

ग्रिन लाइन लिक्वयर पाइने सबैभन्दा महँगो र सस्तो रक्सी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण