गान्धी जयन्तीको अवसरमा आज भारतलाई ‘खुल्ला दिसामुक्त’ घोषणा गरिने
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द मोदीले आज महात्मा गान्धीको १५० औं जन्मोत्सवका अवसरमा भारतलाई ‘खुल्ला दिसामुक्त’ घोषणा गर्दैछन् ।
नरेन्द्र मोदीले अहमदावादस्थित सावरमती नदी छेउमा उभिएर आफ्नो देश ‘खुल्ला दिसामुक्त’ क्षेत्र भएको घोषणा गर्ने योजना छ ।
मोदीले २० हजार सरपञ्चको सहभागिता हुने सम्मेलन अघि उभिएर भारतलाई ‘खुल्ला दिसामुक्त’ घोषणा गर्दैछन् ।
‘२० हजारमध्ये झण्डै आधा सरपञ्च गुजरातका हुनेछन् र बाँकी अन्य प्रदेशका हुनेछन्,’ गुजरातका उप–मुख्यमन्त्री नितिन पटेलले भने ।
‘देशलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेर स्वच्छतातर्फको पहिलो कदम सफलतापूर्वक चालिएको छ,’ पटेलले भने ।
भारतका प्रधानमन्त्री मोदी साँझ ६ बजे अहमदावाद पुग्नेछन् । त्यहाँ उनी सबैभन्दा पहिले सावरमती आश्रममा पुगेर महात्मा गान्धीलाई श्रद्धान्जली दिनेछन् ।
त्यसपछि मोदीले सावरमती नदी गएर ठूलो मानिस अघि भारतलाई ‘खुल्ला दिसामुक्त राष्ट्र घोषणा’ गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण