दसैँमा खसीको खुसी !
काठमाडौँ । दसैँ र खसीको मासु पर्याय जस्तै छ । अरु बेला जे भए हुन्छ, तर दसैँमा चाहिँ सबैलाई खसीको मासु खानैपर्छ । मानिसहरु केही पैसा ऋण काढेरै भए पनि खसी किन्न मरिहत्ते गर्छन् ।
अझै पनि गाउँघरमा घरमा खसी ल्याएर, त्यसको विभिन्न परिकार बनाएर आफन्तलाई खुवाउनु प्रतिष्ठाको विषय बन्ने गर्छ । त्यही भएर दसैँ खसी किन्न पाउँदा कम्ता खुसी हुँदैनन् मानिसहरु ।
अन्य समयभन्दा दसैँमा खसीको माग अत्यधिक हुन्छ । यसपटक पनि दसैँकै लागि भनेर हजारौँको संख्यामा खसीहरु आयात गरिएका छन् ।
सरकारले पनि दसैँ, तिहार र छठ पर्वका लागि खसी, बोका र च्याङग्राको बिक्री वितरण सुरु गरेको छ ।
सरकारले काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसरभित्र सोमबारबाट दसैंसहितका चाडपर्वका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको बिक्रीवितरण सुरु गरेको हो ।
खसी,बोकाको प्रतिकेजी रु ५५० र च्याङग्राको प्रतिकेजी रु ७३० रुपैयाँ मूल्य निर्धाण गरेको छ । हाल बजारमा जीउँदो खसी बोकाको मासु प्रतिकेजी रु ६२० रुपैयाँसम्म बिक्री हुने गरेको छ । त्यसलाई घटाएर प्रतिकेजी ५५० मूल्य कायम गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
बुधबार बल्खुस्थित खसीबजार पुग्दा खसी किन्नका लागि बाक्लै भीड देखिन्थ्यो । कोही खसी तौलिरहेका थिए भने कोही मोलमलाइ गर्न व्यस्त थिए ।
हेरौँ खसीबजारका केही तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण