विद्यालय पुनर्निर्माणका लागि नर्वेको ८० लाख अमेरिकी डलर सहयोग
काठमाडौं– नर्वेले नेपालको विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बुधबार काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास र युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (यूनओपिएस) बीच नेपालको २४ वटा विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंको गरी भूकम्पले क्षति पु¥याएका २४ वटा विद्यालयको पुनर्निर्माणको लागि सो सहायता उपलब्ध गराइएको सो समझदारी पत्रमा उल्लेख गरिएको छ । परियोजना अन्तरगत सिन्धुलीमा ९, रामेछापमा १३ तथा भक्तपुर र काठमाडौंमा १–१ वटा विद्यालय पुनर्निर्माण हुनेछन् ।
अपांगमैत्री यी विद्यालयमा शौचालय र खानेपानीको पनि उचित व्यवस्था हुने र यसबाट करिव ५ हजार ५ सय विद्यार्थी लाभान्वित हुने विश्वास लिइएको छ । समझदारी पत्रमा नेपालको तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरे, नर्वेजियम राजदूत लास्से जोर्न जोहानेसे र युनपिएसका राष्ट्रिय निर्देशक चाल्स क्यालानानले हस्ताक्षर गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नर्वे सरकारले नेपालको विद्यालय पुनर्निर्माणमा सो सहयोग गरेकोमा आभार व्यक्त गरे । उनले सो परियोजना तोकिएकै समयभित्र सम्पन्न हुने विश्वास पनि व्यक्त गरे ।
दुई वर्षभित्र सो परियोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । समझदारी पत्रमा गुणस्तरीय विद्यालय पुनर्निर्माण गर्ने प्रतिवद्धता पनि जनाइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण