दिल्लीमा नेपाली किशोरीको उद्दार, यसरी परेकी थिइन् दलालको जालमा
काठमाडौं – विवाह गर्ने आश्वासनमा फसेर भारतको राजधानी दिल्ली पुगेकी नवलपरासीको बर्दघाटकी एक किशोरीको उद्दार गरिएको छ ।
पीडित किशोरीलाई दिल्लीको आनन्द विहार घर बताउने नन्दन नामक व्यक्तिले करिव एक महिना पहिले वाट्स एपमार्फत कुराकानी गरेर फसाएका थिए ।
नन्दन नामक व्यक्तिले विवाह गर्ने भन्दै दिल्ली बोलाएका थिए । पीडित किशोरी गत २१ सेप्टेम्बरमा दिल्ली पुगेकी थिइन् । दिल्लीको आन्नद विहार रेलवे स्टेशनमा लिन आएको दलालले पुलिस देखेपछि किशोरीलाई रेलवे स्टेशनमै छाडेर भागेका थिए ।
त्यसपछि पीडित किशोरीले नन्दनमाथि शंका गरेर रेलवे स्टेशनमा परिचालित बालबालिका सम्बन्धि काम गर्ने महिलाहरुलाई सहयोग मागेकी थिइन् । महिला अधिकारीहरुले किशोरीसँग भएको फोन नम्बरको सहायताले दलाल नन्दनलाई पनि पक्राउ गरिएको छ ।
दलाल नन्दनले यसअघि पनि महिलाहरूलाई विवाह गर्ने आश्वासन दिएर बेच्ने गरेको खुल्न आएको छ । त्यसपछि पुलिसले नन्दन नामक दलाललाई हिरासतमा राखेर किशोरीलाई सुरक्षित आवसमा पठाएको छ ।
सुरक्षित आवासबाट आफन्त नेपाल नामक संस्थालाई पत्राचार गरिएपछि पीडित किशोरीको परिवारलाई खोजेर बुधबार नेपाल फिर्ता पठाइएको आफन्त नेपाल दिल्लीका प्रमुख नविन जोशीले बताए ।
दिल्लीमा उद्दार गरिएकी किशोरीसँगै घरबाट भागेर दिल्ली पुगेकी कपिलवस्तुकी एक किशोरीलाई पनि नेपाल फिर्ता पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेश जारी गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा निन्दा
-
पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट
-
विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने
-
प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध
-
वनमा डढेलो लगाउनेलाई कडा कारबाही गर्ने कानुन आवश्यक : मुख्यमन्त्री अधिकारी
-
मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति