आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

महात्मा गान्धीको जयन्तीमा ‘गोडसे अमर रहुन्’ किन ट्रेन्ड गरिरहेको छ ?

बिहीबार, १६ असोज २०७६, ०९ : ४१
बिहीबार, १६ असोज २०७६

महात्मा गान्धीको १५० औं जयन्तीमा बुधबार भारतमा गोडसे अमर रहुन् ह्यासट्याग ट्वीटरमा टप ट्रेन्ड गरिरहेको छ । यसबाहेक गोडसे पनि शीर्ष ट्रेन्ड्समा रहेको छ ।

३० जनवरी सन् १९८४ मा महात्मा गान्धीलाई गोली हानेर हत्या गर्ने नाथुराम गोडसेलाई आत्महत्याको सजाय दिइएको थियो ।

गोडसे अमर रहुन् ह्यासट्यागसहित मानिसहरु मीम्स र चुटकिला सेयर गर्दै महात्मा गान्धीको आलोचना गरिरहेका छन् । कतिले यो ह्यासट्याग टप ट्रेन्डमा भएकोमा खुसी व्यक्त गरिरहेका छन् । यसमा पनि केही मानिसहरुले महात्मा गान्धीको तस्बिर प्रयोग गर्दै प्रयोग गर्दै मीम बनाइरहेका छन् ।

यद्यपि, यसै ह्यासट्याग प्रयोग गरेर ट्वीट गर्नेमा ती व्यक्ति पनि समावेश छन् जो महात्मा गान्धीको समर्थन गर्दै गोडसे अमर रहुन् ह्यासट्याग र नाथुराम गोडसेको प्रशंसा गर्नेहरुलाई निशानामा पारिरहेका छन् ।

उनीहरु पनि मिम्सको माध्यमले गोडसेको समर्थन गर्दै ट्वीटर प्रयोगकर्तालाई जवाफ दिइरहेका छन् ।

 के लेखिरहेका छन् मानिसहरु ?

कतिले महात्मा गान्धीलाइृ अहिंसाको सिद्धान्तका लागि कायर बताइरहेका छन् भने कतिले यो ट्रेन्डको बहाना पारेर ‘लिबरल’ मानिसहरुमाथि व्यंग गरिरहेका छन् ।

कति ट्वीट यस्ता छन् जसलाई यहाँ समावेश गर्न सकिँदैन ।

अजय दीप झंगले लेखेका छन्, ‘गोडसे अमर रहुन् , हामी सबै तपाईंका अपराधी हौं । तपाईंको अस्तुसमेत विसर्जन गर्न सकिएन । तपाईंले एउटा राष्ट्रको कल्पना गर्नुभएको थियो । विनम्र श्रद्धाञ्जली ।’

दिपक कुमार नामका ह्यान्डलबाट ट्वीट गरिएको छ, ‘बापू नोटमा छन् त्यसकारण दिमागमा छन् नभए मनमा त गोडसे छन् ।’

ठाकुर साहब नामको ह्यान्डलबाट ट्वीट गरिएको छ, ‘यदि भगत सिंहलाई मृत्युदण्ड नभएकोभए भारत त्यतिबेलै स्वतन्त्र हुन्थ्यो तर कसैलाई स्वतन्त्रताको क्रेडिट जो चाहिएको थियो ।’

कतिले महात्मा गान्धीको समर्थन गर्नेहरुमाथि धर्मलाई आधार मानेर पनि टिप्पणी गरिरहेका छन् । गोपाल सिंह राजपुरोहितले लिबरल अर्थात् उदार मानिसमाथि निशाना साँध्दै यो मीम शेयर गरेका छन् ।

‘बेकार आदमी’ ह्यान्डलले गोडसे अमर रहुन् ह्यासट्यागको टपमा ट्रेन्ड गरेको विषयमा यो ट्वीट गरेको छ ।

राहुल बारीले गोड्से किन अमर रहून् भनेर कारण दिएका छन् ।

गान्धीको बचाउमा पनि ट्वीटः

आई एम मुसद्दीक नामका प्रयोगकर्ता लेख्छन्, ‘त्यतिबेला गान्धी जीले एक आगोको झिल्का बालेका थिए र हिंसाबाट बच्दै सद्भावनासँग अगुवाई गरेका थिए । म चाहँदैन कि गोडसे अमर रहुन् ।’

‘द मून’ नामको ह्यान्डलबाट ट्वीट गरिएको छ, ‘दुःखको कुरा यो हो कि मेरो देश भारतमा गान्धीका हत्यारा गोडसे (आतंककारी) लाई गद्दारहरुले पूजा गर्छन् र उनीहरुले नै अन्य देशलाई आतंकको फ्याक्ट्री बताउँछन् । हेर्नुहोस् उनीहरुको दोहोरो मापदण्ड ।’

प्रयोगकर्ता ‘के सी मिश्रा’ ले लेखेका छन्, ‘गोडसे अमर रहुन्, लाई समर्थन नगरौं । उनको अपराधले हिन्दुको छवि खराब गरेका छन् ।’

कतिले जवाफमा महात्मा गान्धीको तुलना प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि गरिरहेका छन् । ट्रोल सिंह नामको ह्यान्डलले यस्तै एउटा ट्वीट गरेका छन् ।

 यासिर मोहम्मद लेख्छन्, ‘यदि गोडसे अमर भए भोलि तपाईंका लागि ओसामा बिन लादेन हुनेछन् ? हामीले भारतलाई कहाँ लैजादैछौं ? किन तपाईं तथाकथित राष्ट्रवादी तालिबान बनिरहनुभएको छ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप