विकास कि प्राकृतिक विनाश ?
काठमाडौँ । काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारका क्रममा कलङ्की– सामाखुसी, बाफल क्षेत्रको सडक आसपासका रुखहरु धमाधम काट्न थालिएको छ ।
हाल सो क्षेत्रको सीतापाइला सडकखण्डमा रहेका रुखहरु काट्ने क्रम जारी छ ।
यसअघि रुख काट्ने निर्णयको विभिन्न अधिकारकर्मीले विरोध समेत गरेका थिए । तर सरकारले उक्त विरोधको वेवास्ता गर्दै धमाधम रुख काट्न थालेको हो ।
विकासका नाममा यसरी रुख काट्दा वातावरणमा नकारात्मक असर पुग्नुका साथै सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने उनीहरुको चिन्ता छ । हाल कलङ्की–महाराजगन्ज सडकखण्ड चार लेनको सडक छ । यसलाई विस्तार गरेर आठ लेनको बनाउने सरकारको तयारी छ । यो सडक चीन सरकारको सहयोगमा ८ लेनको बनाउन लागिएको हो ।
चीन सरकारको शत प्रतिशत अनुदानमा विस्तार हुन लागेको यो सडक क्षेत्रका करिव १८ सय रुख काट्नुपर्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।
२०२७ सालमा चीन सकरारले ने २७ किलोमिटर ४ लेनको रिङरोड बनाइदिएको थियो ।
यसअघि चीन सरकारले नै कोटेश्वर– कलंकी सडक विस्तार गरी हस्तान्तरण गरिसकेको छ ।
दोस्रो चरण अन्तर्गत कलंकी– महाराजगञ्ज सडक विस्तार गरिने छ । यो सडकखण्ड ८ दशमलव २ किलोमिटर लम्बाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण