ट्रेलरमा यस्तो देखियो पूजा र सौगातको ‘पोई पर्यो काले’
काठमाडौं – फिल्म ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले कमेडी, सस्पेन्स लगायतका बिषय समेटेर ट्रेलर बाँहिर ल्याएको हो ।
शिशिर राणाको कथा तथा निर्देशन रहेको फिल्म कात्र्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ । कालो बर्णको केटा मन नपराउने एक यूवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई फिल्मले बिषय बनाएको निर्देशक राणाले बताए ।
सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायत कलाकारको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर दर्शकमा उत्सकुता पैदा गर्ने खालको छ ।
रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म किरण नेपालीको प्रस्तुतिमा दिपक मनाङ्गे र सरोज नेपालीले मिलेर बनाएक हुन् । अमलादेवी राई यसको कार्यकारी निर्माताको रुपमा रहेकी छन् ।
लालबहादुर क्षेत्री र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन, शिव ढकालको छायांकन फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण