‘बिजनेस अफ फेशन ५००’ मा बलिउडकी एकमात्र अभिनेत्री दीपिका
बलिउड अभिनेत्री दीपिका पादुकोणलाई ‘बिजनेस अफ फेशन ५००’ ले ग्लोबल फेशन उद्योगमा योगदान गरेको कारण सदस्यको रुपमा चुनेको छ ।
कान्स फिल्म फेस्टिभलमा फेशनेबल पहिरनले जादू चलाएकी दीपिकालाई यो भन्दा पहिलो २०१८ मा टाइमले १०० विश्वभरीमा प्रभावशाली व्यक्तिको सूचिकृत गरेको थियो ।
‘बिजनेस अफ फेशन ५००’ फेशन उद्योगमा संसारमै २.४ ट्रिलियन डलरको आकार दिने व्यक्तिहरुको संकेतसूची हो । यसका सदस्यमा सूचीकृत हुनका लागि थुप्रै डाटाहरुको विश्लेषण र अनुसन्धान हुने गर्छ । र, संसारभरीका मानिसहरु जसले फेशनको क्षेत्रमा योगदान दिएका छन् ति व्यक्तिहरुलाई अनुबन्ध गरिन्छ ।

‘बिजनेस अफ फेशन ५००’ ले आफ्नो वेभसाइटमा जारी गरेको फेशन आइकनको सूचीको साथमा उक्त सूचीमा सामेल गरिएका व्यक्तिहरुको बायोडाटा पनि सेयर गरेको छ ।

जसमा दीपिका पादुकोणको पनि कान्स–२०१९ मा पहिरिएको हरियो रङको ड्रेसको फोटो राखिएको छ । साथै उनको बारेमा केही जानकारी पनि दिइएको छ । प्रोफाइलमा उनलाई सबैभन्दा धेरै पारिश्रमिक लिने र अप्रिल २०१९ मा अमेरिकाको भोग म्यागेजिनको कभर गर्ल भएको पनि जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण