नारायणी नदीमा महिलाको शव भेटियो
चितवन – नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ । नदीको गैँडाकोटतर्फको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।
बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१५ कि ५५ वर्षीया देवी भट्टराईको शव फेला परेको हो । आज बिहान नदी किनारमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको शव नारायणी नदीको पुलबाट करीब एक किलोमिटर दक्षिणमा भेटिएको प्रहरीले जनाएको छ ।
शवको मुचुल्का उठाएर स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको प्रहरी निरीक्षक कार्कीले बताए । नवलपुरको गैँडाकोट नगरपालिका–१ मा उहाँको छोरीज्वाइँ बस्ने भए पनि बाराबाट गैँडाकोट आएकोबारे कसैलाई जानकारी नभएको उनले बताए ।
घटनाको प्रारम्भिक अनुसन्धानबाट भट्टराईले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । भट्टराईले बोक्नुभएको झोला नारायणीको पुलमुनि किनारमा भेटिएपछि प्रहरीले परिवारलाई घटनाको बारेमा जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण