तरकारीवाली कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक
काठमाडौं– तरकारीवालीको रुपमा भाइरल गर्ल कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ । युट्युवमार्फत सार्वजनिक भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी छन् ।
भिडियोमा प्रेम गर्नेले मायालुले आफ्नो मायालाई छोडेर टाढा जाँदैन भन्ने कथा बुनिएको छ । मकवानपुरको सिस्नेरी, कुलेखानी आसपसमा निकै आकर्षक तवरले छायाँकन भएको भिडियो आरएल मोक्तनले नै निर्देशन गरेका हुन् ।
लोक शैलीमा तयार भएको गीतमा निर्देशक मोक्तानकै शब्द, विकास चौधरीको संगीत छ । विकास चौधरी र चन्दा घिसिङले यसमा स्वर दिएका छन् । विक्रम कार्की टिमको छायाँकन रहेको गीतको भिडियो कृष्ण पाण्डेले सम्पादन गरेका हुन् ।
भाइरल भएपछि कुसुमले लम्फु नामक एक फिल्म अभिनय गरेकी थिइन् । तर उक्त फिल्मले भने उनलाई राम्रो चर्चा दिलाउन सकेन । यो म्युजिक भिडियोले आफुलाई राम्रो चर्चा दिलाउने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण