२५ वर्षे पप स्टार मृत फेला
कोरियाली पप स्टार सुलीको २५ वर्षको उमेरमा मृत्यु भएको छ ।
पुलिसका अनुसार गायिकाका म्यानेजरले उनलाई दक्षिण कोरियाको सियोल नजिकै उनको घरमा मृत फेला पारेका थिए ।
पुलिसले उनको मृत्युको कारण पत्ता लगाउनका लागि अनुसन्धान गरिरहेको छ र उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेका छन् ।
इन्स्टाग्राममा ५० लाख बढी फलोअर्स भएकी पप स्टार उनी ब्यान्ड ा९ह० की पूर्व सदस्य हुन् । सन् २०१५ मा अभिनय क्षेत्रमा प्रवेश गरेपछि उनले ब्यान्ड छोडेकी हुन् ।

Photo: Getty Image
वास्तविक नाम चोय जीन–री भएकी उनले अनलाईनमा हिंसा भोगेका कारण के–पपको काम छोडेको धेरैले बताउने गरेका छन् ।
संगीत पत्रकार टेलर ग्लास्कीका अनुसार उनी स्वतन्त्र स्वभावकी थिइन् ।
‘उनले आफूले चाहेको अनुसार जीवनयापन गर्ने निधो गरिन् जसलाई सर्वसाधारणले खासै पचाएनन्,’ उनले रेडियो वान न्यूजबीटलाई भनिन् ।
Photo: HAN MYUNG-GU
दक्षिण कोरियामा पप स्टारलाई आइडल मानिन्छ ।
सुलिलाई धेरैले विवादास्पद व्यक्तिको रुपमा हेर्ने गर्दथे । उनले आफ्ना प्रशंसकलाई आफ्नो शरीर कसरी देखाउने भन्ने कुरामा आफ्नो निर्णय हुने उनी बारम्बार बताउने गर्थिन् ।
उनी ‘नो ब्रा’ स्क्यान्डलमा पनि समावेश भइन् जहाँ उनले विभिन्न कार्यक्रममा थुप्रै पटक ‘निप्पल’ पनि देखाएकी थिइन् ।
उनको पहिलो फोटो सन् २०१६ को मे महिनामा इन्स्टाग्राममा प्रकाशित भएको थियो जसमा उनले अत्यधिक आलोचना खेप्नु परेको थियो ।
अघिल्लो महिना इन्स्टाग्राममा लाईभ स्ट्रिममा उनले स्तन दुर्घटनावश देखिएको थियो जसले पुनः दक्षिण कोरियाभरी विवाद निम्त्याएको थियो ।
सुलि के पप स्टार जोङ्गह्युनकी निकै मिल्ने साथी हुन् । जोङ्गह्युनले २७ वर्षको उमेरमा आत्महत्या गरेका थिए ।
सुलि सन् २०१७ मा उनको अन्तिम संस्कारमा सरिक भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण