निदान अस्पतालमा नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको पुष्टि, सिइओसहित ५ जना पक्राउ

काठमाडौं– नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोपमा ललितपुरस्थित निदान अस्पतालका सिइओसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले अस्पतालका सिइओ बिपेन्द्र प्रधानसहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा प्रधानसहित रामेछाप दोरम्बा घर भई हाल स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कन्चनपुर नगरपालिका ९ निवासी हाल भक्तपुरको मध्यपुर ठिमीमा बस्ने कुमार भट्टराई, काठमाडौं महानगरपालिका २९ का डा. राजेश पन्त र ललितपुर कोन्ज्योसोम गाउँपालिका २ का रामचन्द्र आले रहेका छन् ।
लाम मिर्गैला ग्रहण गर्ने व्यक्ति हुन् भने भट्टराई अस्पतालका लिगल अफिसर हुन् । त्यस्तै पन्त सो अस्पतालका डाक्टर हुन् भने आले जिल्ला प्रशासन कार्यालय, ललितपुरका शाखा अधिकृत हुन् । पक्राउ परेकाहरुमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान र कार्वाही हुने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
हिमालयन बैंकको ‘ठमेल शाखा’ सञ्चालनमा
-
नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक: देउवा
-
४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म
-
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
तारकेश्वरमा ५ लाख रुपैयाँ बराबरको चोरी