निदान अस्पतालमा नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको पुष्टि, सिइओसहित ५ जना पक्राउ
काठमाडौं– नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोपमा ललितपुरस्थित निदान अस्पतालका सिइओसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले अस्पतालका सिइओ बिपेन्द्र प्रधानसहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा प्रधानसहित रामेछाप दोरम्बा घर भई हाल स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कन्चनपुर नगरपालिका ९ निवासी हाल भक्तपुरको मध्यपुर ठिमीमा बस्ने कुमार भट्टराई, काठमाडौं महानगरपालिका २९ का डा. राजेश पन्त र ललितपुर कोन्ज्योसोम गाउँपालिका २ का रामचन्द्र आले रहेका छन् ।
लाम मिर्गैला ग्रहण गर्ने व्यक्ति हुन् भने भट्टराई अस्पतालका लिगल अफिसर हुन् । त्यस्तै पन्त सो अस्पतालका डाक्टर हुन् भने आले जिल्ला प्रशासन कार्यालय, ललितपुरका शाखा अधिकृत हुन् । पक्राउ परेकाहरुमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान र कार्वाही हुने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण