‘सरौतो’मा सुमीको एक्सन
काठमाडौं – पछिल्लो समय नेपाली फिल्ममा नायिका पनि एक्सन अवतारमा देखिन थालेका छन् । फिल्म निर्माण र कथामा आएको परिवर्तसँगै निर्माता निर्देशकले नायिकालाई पनि एक्सनमा उतार्न थालेका छन् ।
यस्तै नायिकाको एक्सनले भरिएको फिल्म हो, ‘सरौतो’ । कात्तिक २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म अभिनेत्री सुमी मोक्तानले भरपुर एक्सन गरेकी छन् ।
केही दिन अगाडि, फिल्मको ट्रेलर समेत सार्वजनिक भएको थियो । ट्रेलरमा पनि अभिनेत्री सुमीको एक्सनका पाटोले प्रथामिकता पाएका छन् ।
मोडलिङ हुँदै फिल्म अभिनयमा छलाङ्ग लगाएकी सुमीले ‘सरौतो’मा आफूले गरेको एक्सन सबैले रुचाउने बताइन् ।
फिल्म सफल छायाँकार हरी हुमागाईंले निर्देशन गरेका हुन् । हरीको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्ममा सुमी मोक्तान र सन्नी सिंहका अलवा विजय लामा, युवराज लामा, अमिर गौतम, अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।
फिल्म श्री महर्जनले निर्माण गरेका हुन् । राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोशिश क्षेत्रीको संगीत रहेको फिल्म काठमाडौं र बाराका आसपासका स्थानमा छायाँकन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण