जब युनिक स्टाइलमा देखिए रणवीर सिंह, फ्यानले उडाए मजाक
मुम्बई– बलिउड स्टार रणवीर सिंह अक्सर युनिक स्टाइलमा देखिने गर्दछन् । जसको कारण सोशल मिडियामा उनको चर्चा हुने गर्दछ । कयौं पटक उनले बनाएको स्टाइलिस लुकले फ्यान हैरान भएका छन् । उनका त्यस्ता लुकमध्ये धेरै फ्यानले मन पराएका पनि छन् । तर कहिले कहिले उनी यस्ता लुकका कारण सोयल मिडियामा ट्रोलको सिकार समेत बन्ने गरेका छन् ।
हालै रणवीर सिंहको केही तस्बिर सार्वजनिक भएका छन् । जसमा उनी अचम्मको फेसनमा देखिएका छन् । जुन तस्बिर सोशल मिडियामा भाइरल बन्न पुगेको छ । तस्बिर देखेर फ्यानले बिभिन्न कमेन्ट गरिरहेका छन् । तस्बिर उनकै एक कार्यक्रमकै भनिएको छ । जसमा उनको साथमा स्कुलले साथी सिमोन पनि छिन् ।
तस्बिरमा रणवीरले चम्किलो कलरको ज्याकेट, टाउजर र आँखामा कालो चस्मा लगायएका छन् । तस्बिर देखेर फ्यानले सोसल मिडियामा उनको मजाक उडाइरहेका छन् । रणवीरको यो लुक्सलाई एक फ्यानले लेखका छन् ‘ए बाबाका लुक है । ’ अर्का एक फ्यानले लेखेका छन् ‘ रोकिङ वीर ।’ त्यस्तै, केही फ्यानले ‘कार्टुन नेटवर्क’ समेत भनेर उडाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार