चौथो ग्लोबल नेपाली फिल्म अवार्डको घोषणा
काठमाडौं –‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ अमेरिकाको सन् फ्रान्सिस्कोमा आयोजना हुने भएको छ ।
नेपाली चलचित्रकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने हेतुले आयोजना हुँदै आएको अवार्डको यो चौथो संस्करण हो ।
नेपाल फिल्म सोसाइटीले यो अवार्ड गोल्डेन मूभी मेकरसँगको सहकार्यमा आयोजना गर्दै आएको हो ।
नेपाल फिल्म सोसाइटीले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै अवार्ड ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ ३० नोभेम्बर देखि १ डिसम्बेरसम्म अमेरिकामा आयोजना हुने जानकारी दियो ।
‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको यो पटकको अवार्डमा ‘भिजिट नेपाल २०२०’ प्रचार समेत गर्न आयोजकले जनाएको छ ।
नेपाली फिल्मलाई बिश्वबजारमा समेत पुरयाउने उदेश्य रहेको अवार्डको बिधा र नोमिनिज फिल्म तथा फिल्मकर्मीको नाम भने अहिले सार्वजकि गरिएको छैन ।
कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, गोल्डेन स्टेट मुभी मेकरका अध्यक्ष यज्ञलाल श्रेष्ठ, बरिष्ठ अभिनेता निर शाह, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ अभिनेत्री शर्मिला मल्ल, सांस्कृतिक संघका सभापति तिर्थ थापा, अभिनेता शिब श्रेष्ठ, भुवन केसी, धिरेन शाक्य, बिशाल बिष्ट, श्याम भट्टराई, निर्देशक नारायण पुरी लगायतको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण