क्रोएसियामा यौनहिंसा विरुद्ध हजारौंको प्रदर्शन
जाग्रेब– पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन् । उनीहरुले यौनहिंसा गर्नेलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
महिला अधिकारवादीहरुको समूहले आयोजना गरेको प्रदर्शनमा सहभागी प्रदर्शनकारीले ‘महिलालाई न्याय दे, दोषीलाई कारबाही गर’ भन्दै नारा लगाएका थिए । यसै महिनाको शुरुमा जाडारमा पाँच युवाको समूहले १५ वर्षीया एक युवतीलाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो ।
अदालतले दोषी आरोपी सबैलाई अनुसन्धानका लागि ३० दिन थुनामा राख्न आदेश दिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई पर्याप्त अनुसन्धान गर्न र दोषी पाइए सख्त कारबाही गर्न माग गर्दै हजारौं महिला अधिकारवादी तथा आफन्तहरुले शनिबार राजधानी जाग्रेबको मध्य भागमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनकरीले ‘दोषीलाई कारबाही नहुनु आफैँमा अर्को अपराध हो लेखिएको व्यानर पनि प्रदर्शन गरेका थिए । प्रदर्शनका आयोजकहरुले कानुनको शासन कायम गर्न पनि माग गरेका छन् । उनीहरुले यस मुद्दालाई अर्को अदालतमा लैजानु पर्नेमा जोड दिएका छन् । –सिन्ह्वा/Photo: BBC
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण