‘पोई पर्यो काले’ सेन्सर पास
काठमाडौं – फिल्म ‘पोई प¥यो काले’ सेन्सर पास भएको छ । आइतबार चलचित्र सेन्सर बोर्डले फिल्मलाई सबैले हेर्न मिल्ने ‘युनिभर्सल सर्टिफिकेट’ दिँदै सार्वजनिक प्रदर्शनमा लागि खुल्ला गरेको हो । फिल्म शिशिर राणाले निर्देशन गरेका हुन् ।
कुनै दृश्य काँटछाँट नगरी सेन्सर बोर्डले फिल्म पास गरेको निर्देशक राणाले जानकारी दिए । ‘हामीले जे सोचेका थियौँ, सेन्सरले त्यही सर्टिफिकेट दिएको छ,’ उनले भने, ‘हाम्रो फिल्म अब सबै दर्शकले हेर्न पाउने छन् ।’
सेन्सरका ब्यक्तिहरुले फिल्मको बिषयबस्तु मन परेको बताउँदै सफलताका लागि शुभकामना समेत दिएको राणाको भनाइ छ ।
मानिसको बाहिरी रुप हेरेर त्यो राम्रो–नराम्रो भनिने गलत सोच हाम्रो समाजमा छ । त्यही सोचलाई मुख्य बिषयबस्तु बनाइएको फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ ।
रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म तिहारको छेको पारेर आगामी शुक्रबार अर्थात कात्तिक ८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदैछ ।
किरण नेपाली प्रस्तुतकर्ता, दिपक मनाङ्गे र सरोज नेपाली निर्माता रहेको फिल्ममा अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् ।
फिल्ममा शिव ढकालको छायांकन, अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राईको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण