सभामुख र उपसभामुखमध्ये एक नपाए मान्य नहुने काँग्रेसको चेतावनी
काठमाडौं– प्रमुख प्रतिदल नेपाली काँग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् । काँग्रेस नेता लेखकले सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने चेतावनी पनि दिए ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोही अनुसार सभामुख पद प्रमुख प्रतिपक्ष दललाई दिनुपर्ने तर्क पनि गरे । उनले सभामुख र उपसभामुख पद एउटै दलले राखेर संविधान विपरितका गतिविधि अब हुन नदिने पनि बताए ।
पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानविन आयोग तत्काल गठन गर्न पनि सरकारसँग माग गरे । उनले संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक कानुन संशोधन गर्न ढिलाई नगर्न सरकारलाई सचेत पनि गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
-
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो प्रमुख कार्यकारी अधिकृत, १५ दिनभित्र आवेदन दिन सकिने
-
चोटका कारण नन्दन यादव लिग २ बाट बाहिरिए
-
गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह
-
लगातार हारको शृङ्खला तोड्ने दाउमा नेपाल
-
पानीमा घिउ हालेर पिउनु कति लाभदायक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण