आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सिरियाबारे रुस र टर्कीबीच ‘ऐतिहासिक सम्झौता’

बुधबार, ०६ कात्तिक २०७६, ०७ : २०
बुधबार, ०६ कात्तिक २०७६

टर्की र रुसबीच भएको म्याराथन बैठकमा उत्तरी सिरियामा कुर्दिसविरुद्ध सैन्य कारवाहीको विषयमा सहमती बनेको छ । दुबै देशले यसलाई ‘ऐतिहासिक सम्झौता’ बताएका छन् ।

यो सम्झौता रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रचेप तैय्यप अर्दोआनबीच रुसको सोचीमा भएको बैठकका बेला भएको हो ।

टर्की–सिरियाको सीमामा रुस र टर्की दुबैका सैनिक तैनाथ छन् । अमेरिकाले यो इलाकाबाट आफ्नो सैनिक फिर्ता बोलाएको छ ।

टर्कीले सिरियाका कुर्द मिलिशियाविरुद्ध आक्रामक अभियान चलाएको छ । टर्कीले कुर्दिसको एउटा हिस्सालाई ‘आतंकवादी समूह’ बताउँछ ।

Photo: AFP/GETTY IMAGES

अब टर्की र सिरिया मिलेर टर्की–सिरियाको सीमाको संयुक्त पेट्रोलिङ गर्नेछन् । यसले यो इलाकाको परिवर्तित शक्ति सन्तुलनलाई पनि देखाउँछ ।

अमेरिकाले गत हप्ता कुर्दिस लडाकु र टर्कीको सेनाबीच संघर्ष बिराम गराएको थियो । यसको समय सीमा पूरा हुनु ठिक अघि रुस र टर्कीबीच नयाँ सम्झौता भएको छ ।

कुर्दिस लडाकुले बताए अनुसार सम्झौता अनुरुप आफूहरुले आफ्नो लडाकु हटाउने काम पूरा गरेको तर टर्की र रुसबीच भएको सम्झौताले लडाकुलाई हटाउने समय सीमालाई बढाइदिएको छ ।

उनीहरुलाई सीमाभन्दा ३२ किलोमिटर टाढासम्म लडाकु हटाउनका लागि भनिएको  छ । यसलाई ‘सेफ जोन’ अर्थात् सुरक्षित क्षेत्र बताइँदैछ र यो इलाकाबाट लडाकूलाई हटाउनका लागि १५० घण्टाको समय थप गरिएको छ ।

उत्तरी सिरियामा कुर्द बलमा कुर्दिश पिपल्स प्रोटेक्सन युनिट्स (वाईपीजी) मिलिशियाको दबदबा छ । टर्की यसलाई आफ्नो सीमा पारी खतराको रुपमा हेर्छ ।

सम्झौता अनुरुप यो क्षेत्रको सैन्य नियन्त्रण रुस र टर्कीबीच प्रभावकारी तरिकाले बाँडिएको छ ता कि अमेरिकाले अचानक आफ्नो सैनिक फिर्ता बोलाएपछि खाली भएको भूमिकाको भरपाई हुन सकोस् ।

Photo: AFP/GETTY IMAGES

रुसको भूमिकाः

अमेरिकी सैनिक फिर्ता भएपछि टर्कीका राष्ट्रपति रचेप तैय्यप अर्दोआनले ९ अक्टोबरमा सीमा पारी आक्रामक अभियानको सुरुवात गरे । यो क्षेत्रमा अमेरिकाले इस्लामिक स्टेट समूहसँग लडिरहेका कुर्दिस लडाकुलाई समर्थन दिइरहेको छ ।

रुस सिरियाली राष्ट्रपतिका सहयोगी हुन् र उसले आफ्नो सैनिकलाई सीमा नजिकै तैनाथ गरेको छ ताकि सिरियाको क्षेत्रमा विदेशी शक्तिले कब्जा गर्न नसकोस् ।

रुसी सैनिक तैनाथ भएका कारण रुस र टर्कीबीच युद्धको आशंका रहने गर्छ । यस्तो स्थितीसँग लाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति अर्दोआन दुबै सामना गर्न चाहँदैनन् ।

यी दुई नेताबीच सोचीमा करिब ६ घण्टा लामो बैठक चल्यो र यतिबेला दुबै पक्षबीच सम्झौतामाथि सहमती हुन सक्यो ।

रुसले टर्कीलाई अभियान चलाउन सहमती दियो । यसले दुई देशबीचको युद्धको खतरा समाप्त भयो ।

टर्कीले रास अल एनदेखि तेल अब्यादको बीच १२० किलोमिटरको इलाकामा  आफ्नो अभियान चलाइरहेको छ । तर अर्दोआनले कथित रुपमा सीमाको पूरै ४४० किलोमिटर इलाकालाई ‘सेफ जोन’ को रुपमा निश्चित गर्न चाहन्थे ।

रुस र टर्कीले कुर्दिस सैनिकलाई मनबिज र तेल रिफत शहरबाट हटाइने जानकारी एक बयानमार्फत् दिएका छन् ।

कुर्द मिलिशियाले अहिलेसम्म उनीहरुलाई यो स्विकार्य छ छैन भनेर कुनै संकेत दिएको छैन ।

 

Photo: AFP/GETTY IMAGES

कति क्षती ?

संयुक्त राष्ट्रका अनुसार पछिल्लो दुई हप्तामा करिब ८० हजार बच्चासहित एक लाख ७६ हजार बढी मानिस उत्तर पूर्व सिरियाबाट बिस्थापित भइसकेका छन् । यहाँ करिब ३० लाख मानिस बस्छन् ।

ब्रिटेनस्थित निगरानी समूह सिरियन अब्जरवेटरी फर ह्युमन राइट्सका अनुसार संघर्षमा १२० सर्वसाधारणको मृत्यु भएको छ । यसमा २५९ कुर्दिस लडाकु, १९६ टर्की समर्थित सिरियाली विद्रोही र सात टर्की सैनिकको पनि मृत्यु भएको छ ।

 टर्कीका अधिकारीका अनुसार टर्कीको क्षेत्रमा वाइवीजीको हमलामा २० सर्वसाधारणको पनि मृत्यु भएको छ ।

बीबीसीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप