काँग्रेसले नेविसंघमा ३२ वर्ष माथिको नेतृत्व चयन गर्न लागेपछि फेरि लफडा
काठमाडौं । नेपाली काँग्रेसको शीर्ष नेतृत्वले ३२ वर्ष माथिबाट नेपाल विद्यार्थी संघ(नेविसंघ) को नेतृत्व चयन गर्ने तयारी गरेपछि विवाद देखिएको छ ।
नेपाल विद्यार्थी संघभित्र ३२ वर्षमुनीबाट नेतृत्व चयन गर्ने कि ३२ वर्षमाथिबाट भन्नेमा विवाद कायमै रहेको बेला काँग्रेस शीर्ष नेतृत्वले भने ३२ वर्षमाथिबाट नेतृत्व चयनका लागि सहमति गरेसँगै निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले समूहले चर्को विरोध गरेको छ ।
नेविसंघका नेता सुशील भट्टले आफूहरुले लामो समयदेखि ३२ वर्षमुनीबाट नेविसंघको नेतृत्व चयन गरिनुपर्नेमा आवाज उठाउँदै आएको भन्दै नेतृत्व तहमा भएको विधान विपरितको सहमतिको विरोध गरे ।
उनले पार्टीबाट अनुमोदन भएकै नेविसंघको विधानलाई टेकेर कतिपय जिल्लाको अधिवेशन भइसकेको र केहीमा हुने क्रममा रहेको भन्दै अहिले फेरि ३२ माथिको नेतृत्व लागू गरिए पार्टी नेतृत्वको खिलाफमा जान पनि आफूहरु बाध्य हुने चेतावनी दिए ।
‘पार्टीले अनुमोदन गरेको ३२ वर्षे उमेर हद तोकिएको विधानलाई टेकेर १५–२० वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ, केही जिल्लामा प्रक्रिया सुरु भइसकको छ’, उनले भने, ‘अहिले फेरि पार्टी नेतृत्वले ३२ वर्षमाथिको नेतृत्व चयन गर्दैगर्दा उत्तर के दिने ? विधान कार्यान्वयनमा गइसकेको अवस्थामा फेरि विधान विपरित जाने काम भए हामी पार्टी नेतृत्वको खिलापमा जान पनि बाध्य हुन्छौं ।’
विगतमा विधान कार्यान्वयनका लागि आफूहरुले निरन्तर पार्टी नेतृत्वलाई दवाव दिएको स्मरण गर्दै भट्टले कुनै पनि हालतमा ३२ वर्षमुनीबाटै नेतृत्व चयन गर्नुपर्ने र लोकतान्त्रिक पार्टी विधान सम्मत जानुको विकल्प नभएको बताए ।
यसैगरी नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्लेले पनि आफू ३२ वर्षमुनीबाटै नेतृत्व चयन गरिनुपर्छ भन्ने पक्षमा रहेको बताए । ३२ वर्षमुनीबाट नेतृत्व चयनको माग गर्दै काफ्ले समूहका केही नेविसंघका केही नेताहरुले बुधबारनै राजधानीमा पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ ।
माघ २८ गते संघको ११ औँ महाधिवेशनबाट निर्वाचित सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएपछि नेविसंघ ८ महिनादेखि नेतृत्वविहीन छ ।
यही नेतृत्वविहीनताको अवस्थालाई पूर्ति गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले ६ महिनाभित्र संघको १२ औँ महाधिवेशन गराउने ‘टाइमलाइन’सहित नयाँ नेतृत्व ल्याउने तयारी गरेका छन् । जसमा शीर्ष नेताहरुले समेत सहमति जनाइसकेका छन् ।
नेताहरुकाअनुसार अनुसार सभापति देउवाले अध्यक्षमा संघका पूर्वउपाध्यक्ष राजीव ढुंगानाको नाम सारेका छन् ।
उपनिर्वाचनको तयारीका लागि कार्तिक ७ गतेलाई डाकिएको केन्द्रीय समिति बैठकबाट नेविसंघको नेतृत्वको विषयमा पनि निर्णय लिने तयारीमा काँग्रेस रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण