शो थोरै पाएपछि सर्यो ‘घामड शेरे’
काठमाडौं –रियल कपल निश्चल बस्नेत र स्वस्तिमा खड्काको अभिनय रहेको फिल्म ‘घामड शेरे’को प्रदर्शन मिति सारिएको छ । शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म अन्तिम समयमा आएर सारिएको हो ।
फिल्मको रिलिज मिति सारिएको बितरक कम्पनी स्टेशन फाइवले जानकारी दिएको छ । मल्टिप्लेक्समा अपेक्षा गरेको भन्दा पनि कम सोज पाएको कारण फिल्मको रिलिज सारिएको बितरक प्रचन्डमान श्रेष्ठले बताए । ‘घामड शेरे’ अब कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने उनले बताए ।
कात्तिक २२ पनि यो फिल्मले सिंगल रिलिजको अवसर भने पाउने छैन । यो मितिमा यस अगाडि नै तीन फिल्म प्रदर्शनका लागि तयार भएर बनेसका छन् ।
हेमराज विसी निर्देशित फिल्ममा निश्चल र स्वस्तिमा साली भेनाको भूमिकामा छन् ।
‘घामड शेरे’ सरेपछि यसको फाइदा शिशिर राणा निर्देशित फिल्म ‘पोइ र्पयो काले’ भने फाइदा भएको छ । ‘पोइ पर्यो काले’ले अहिले देशभर एकल रिलिजको अवसर पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण