‘पोई पर्यो काले’ सँग दुई बलिउड फिल्म भिँड्दै
काठमाडौं –फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभर फिल्म ‘पोई पर्यो काले’ प्रदर्शनमा आएको छ । आजबाटै प्रदर्शनमा आउने भनिएको फिल्म ‘घामड शेरे’ले अन्तिम समयमा रिलिज मिति परिवर्तन गर्दा ‘पोई पर्यो काले’लाई एकल प्रदर्शनको अवसर मिलेको हो ।
यद्यपि, ‘पोई पर्यो काले’ ले प्रदर्शनको एकछत्र अवसर पाएको भने होइन । केही साताअघि आएको फिल्म ‘छ माया छपक्कै’ र आजबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘हाउसफुल ४’ र ‘मेड इन चाइना’ले समेत केही स्टेशन कब्जा गरेका छन् ।
फिल्म ‘घामड शेरे’ सर्दा ‘पोई पर्यो काले’ लाई एकल प्रदर्शनको अवसर त मिलेको थियो तर, बलिउडका दुई फिल्म त्यो अवसरका लागि बाधक बनेर आए । ‘पोई पर्यो काले’ शिशिर राणाले निर्देशन गरेका हुन् । यस फिल्ममा पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय छ ।
मानिसको बाहिरी रुप हेरेर त्यो राम्रो–नराम्रो भनिने गलत सोच हाम्रो समाजमा छ । त्यही सोचलाई मुख्य बिषयबस्तु बनाइएको फिल्म रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । तिहारको अवसर पारेर प्रदर्शनमा आएको यो फिल्मको किरण नेपाली प्रस्तुतकर्ता, दिपक मनाङ्गे र सरोज नेपाली निर्माता रहेका छन भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् ।
फिल्ममा शिव ढकालको छायाँकन, अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राईको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण