सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एलजीको नयाँ शोरुम पेप्सीकोलामा

शुक्रबार, ०८ कात्तिक २०७६, १६ : ०४
शुक्रबार, ०८ कात्तिक २०७६

सीजी इलेक्ट्रोनिक्सले यही कात्तिक ८ गते भ्याली डिजिटल नामक आफ्नो नयाँ शोरुम पेप्सीकोलाको सुर्यमुखि चोकमा संचालनमा ल्याएको छ । 

एलजी ब्राण्डले एकै ठाउँमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउँदै जाने कम्पनीको मुख्य उद्देश्य रहेको छ । यो नयाँ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरुको बारेमा पनि जानकारी गराउनेछ ।

त्यसैगरी ग्राहकहरुलाई एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको छ । कुनैपनि एलजीका सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् । यस कम्पनीले भविष्यमा देशको अन्य भागहरुमा पनि आफ्नो शोरुमहरु बिस्तार गर्दै जाने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप