‘द भ्वाइस अफ नेपाल’को नकआउट राउण्डमा टप १२ छानिने
काठमाडौं– हिमालय टेलिभिजनबाट प्रसारणमा भइरहेको गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा नकआउट राउण्ड सुरु भएको छ । ब्लाइण्ड अडिसनबाट छानिएका ६४ प्रतियोगिले ब्याटल राउण्डमा भिडेका थिए । भिडन्तमा सफल हुने ३६ जना प्रतिभाले अब नकआउट राउण्डको प्रतिस्पर्धामा भिड्नेछन् ।
ब्याटल राउण्डमा हरेक कोचले ८ जना प्रतिस्पस्र्धीलाई छनौट गरेका छन् । भने, एकएक जना प्रतिभालाई अर्को टिमबाट स्टील गरेर आफ्नो टिममा समेटेका छन् । अब चारैजना कोचको टिममा ९÷९ जना प्रतिभाहरु छन् । उनीहरुले नकआउट राउण्डमा कडा प्रतिस्पर्धाको सामना गरी लाइभ राउण्डमा प्रवेश गर्नेछन् ।
नक आउटबाट हरेक कोचको टिममा ३÷३ जना प्रतिभाहरु लाइभ राउण्डमा पुग्नेछन् । नकआउट राउण्डको पहिलो एपिसोड आज शुक्रबार साँझ ८ बजे प्रसारण हुने छ । हालसम्म कोचको निर्णयका आधारमा अगाडी बढेको प्रतिभाहरुलाई लाइभ राउण्डसँगै जनमतको पनि साथ रहनेछ ।
लाइभ राउण्डका हरेक प्रस्तुतिमा दर्शकले एसएमएस र अनलाइन भोटिङमार्फत् आफुले मन परेको प्रतिभालाई मत दिन सक्नेछन् । दर्शकको भोट र कोचको रायका आधारमा उत्कृष्ट चारजना प्रतिभा ग्राण्ड फिनालेका लागि पुग्नेछन् ।
मनपर्ने प्रतिभालाई भोट गर्न देश तथा बिदेशमा रहेका दर्शकहरुले प्रभु पे को एप डाउनलोड गरी भोट दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण