बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

सोमबार, ११ कात्तिक २०७६, १३ : ४२
सोमबार, ११ कात्तिक २०७६

सप्तरी–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ  । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–१ नयाँ बजार वस्ने असर्फी शर्माको ३५ बर्षीय छोरा राजेश शर्मा रहेको प्रहरी उपरीक्षक तिलक भारतीले बताए । 

कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को३३प ५२७ नम्बरको मोटरसाइकल सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा दुर्घटना भएको थियो ।  सोही  मोटरसाइकल दुर्घटनामा परी चालक सप्तरीको कञ्चनरुप नगरपालिका–११ ठेलिया बस्ने अन्दाजी २६ बर्षीय दिपेशकुमार गोजेवार घाइते भएका छन् । दुर्घटनामा परी उनको टाउको फुटेको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ  ।  

उनलाई  उपचारका लागि स्थानीय पोली क्लिनिक फत्तेपुरमा भर्ना गरिएको  छ । मोटरसाइकललाई प्रहरी चौकी फत्तेपुरले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ  ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप