नवलपरासीमा पनि कौडा खेल्ने २८ जना पक्राउ
नवलपरासी– प्रहरीले कौडा खेलिरहेको अवस्थामा २८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको टोलीले गए राति उनीहरुलाई पक्राउ गरेको हो । देवचुली नगरपालिका–१३, दलदलेस्थित देवचुली पार्टी प्यालेसबाट कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
पक्राउ पर्नेमा अम्मर गुरुङ, विजय शाही, शम्भु रानाभाट, नेत्रनारायण पोख्रेल, दिलबहादुर टण्डन, कृष्णकुमार श्रेष्ठ, मेघराज शर्मा, रोशन भण्डारी, तिलककुमार आले, ठाकुरप्रसाद पोख्रेल, वीरेन्द्र बस्नेत, सुमन आले, अञ्जान बस्नेत, सलमान मिया, बाबुराम चापागाईं, प्रकाश न्यौपाने, मन विक, शिव बानियाँ, सुभाष ओझा, भूमि भण्डारी, मनबहादुर कुमाल, रामप्रसाद अर्याल, शरद पौडेल, ऋषिराम सुवेदी, नवराज शर्मा, सूर्य घिमिरे, अरुणबहादुर चौधरी र शौरभ खनाल छन् । उनीहरुका साथबाट प्रहरीले रु पाँच लाख ८० हजार बरामद गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण