जीवनका लागि संघर्ष गदैछन् पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफ, स्वास्थ्य अवस्था ‘चिन्ताजनक’
एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका डाक्टरले उनको स्वास्थ्य अवस्था ‘चिन्ताजनक’ रहेको बताउँदै उनी जीवनका लागि संघर्षरत रहेको जानकारी दिएपछि पाकिस्तानको एक अदालतले सरिफको सजायलाई अस्थायी रुपमा निलम्बन गरेको छ ।
६९ वर्षीय शरिफको लाहोरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । भ्रष्टाचारको आरोपमा उनलाई गत वर्ष जेल चलान गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि अदालतले उनलाई अनिश्चितकालिन जमानत दिएको थियो ।
मङ्गलबार इस्लामाबादको अदालतले उनको सात वर्षको जेल सजायमा ८ हप्ताको सजाय निलम्बन गर्ने निर्णय गरेको थियो ।
सोह दिन सरिफका डाक्टर डा. अदनान खानले ट्वीटरमा लेख्दै तीन पटक प्रधानमन्त्री बनिसकेका सरिफ ‘स्वास्थ्य तथा जीवनका लागि लडिरहेको’ जानकारी दिएका थिए ।
‘रगतमा प्लेटलेटको कमी भएको कारण उनको उपचार भइरहेको छ । के कारणले यो अवस्था आयो भन्ने अझै यकिन हुन सकेको छैन,’ खानले अलजजिरासँग कुरा गर्दै भनेका छन् ।
ट्युमरको कारण यस्तो भएको हुनसक्ने डा खानले आंशका व्यक्त गरेका छन् ।
पूर्व प्रधानमन्त्रीको उपचारका लागि खानसहित ६ सरकारी डाक्टरहरु खटिएका छन् ।
ब्लड प्लेटलेट यस्तो कोष हो जसले घाउ चोट लागेको अवस्था रगतलाई जम्न मद्दत गर्छ । यस्तो मात्रा कम हुँदा आन्तरिक वा वाह्य रक्तश्रावको खतरा बढ्छ ।
पाकिस्तानको प्रमुख प्रतिपक्षी दल पीएमएल–एनका प्रमुखसमेत रहेका शरिफको किड्नीमा पनि समस्या देखिएको छ भने रगतमा सुगरको मात्रा पनि कम रहेको डाक्टहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण